Rule 24
स्थायी लेखा नम्बरको विवरणमा संशोधन
(१) कुनै व्यक्तिले प्राप्त गरेको स्थायी लेखा नम्बरको प्रमाणपत्रमा उल्लिखित विवरणमा परिवर्तन भएमा परिवर्तन भएको मितिले पन्ध्र दिनभित्र सो व्यक्तिले सो कुराको जानकारी विभागलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जानकारी विभागले प्राप्त गरेपछि विभागले स्थायी लेखा नम्बरमा आवश्यक संशोधन गरी दिनु पर्नेछ ।